काठमाडौं ।  नेकपा एमालेका सांसद गोकुल बास्कोटाले सबै बेरुजुलाई भ्रष्टाचार ठानेर हेर्ने दृष्टिकोण नै भ्रष्टाचारी भएको बताएका छन्। शुक्रबार सार्वजनिक लेखा समितिको बेरुजुसम्बन्धी छलफलमा उहाँले यो कुरा उठाउनुभएको हो।

सांसद बास्कोटाले बेरुजु र भ्रष्टाचार फरक विषय भएको बताउँदै विगतका चुनौतीहरू समाधान गर्नेतिर ध्यान दिनुपर्ने बताए।

advertisement

“सबै बेरुजुलाई भ्रष्टाचार देख्ने आँखाहरू पनि भ्रष्टाचारी हुन्। भ्रष्टाचार र बेरुजु फरक कुरा हुन्,” बास्कोटाले भने।

उहाँले बेरुजु फिर्तालाई कानुनी र व्यवहारिक रूपमा सहज बनाउनु आवश्यक रहेकोमा जोड दिनुभयो।

प्रकाशित मिति: २३ श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com