धनगढी । ४० घण्टादेखि कैदीबन्दीको नियन्त्रणमा रहेको कैलाली कारागारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली हतियारसहित प्रवेश गरेको छ।
शनिबार कैदीबन्दीका दुई समूहबीच भएको झडपमा एक जनाको मृत्यु र ४९ जना घाइते भएपछि कारागारमा तनाव सिर्जना भएको थियो। त्यसयता सुरक्षाकर्मी समेत भित्र प्रवेश गर्न सकेका थिएनन्।
आइतबार अपराह्न मानव अधिकार आयोग प्रदेश कार्यालय, धनगढीको रोहवरमा संयुक्त सुरक्षादल कारागारको ब्लक ‘ए’ र ‘बी’ मा प्रवेश गरी भित्रको स्थिति निरीक्षण र खोजतलास सुरु गरेको हो।
कैदीबन्दीहरूले भित्रबाट ताला लगाई थुनुवा कक्ष पूर्ण रूपमा नियन्त्रणमा लिएको र कसैलाई प्रवेश दिन नमानेकाले कैदीहरूको सही संख्या समेत अन्योलमा परेको छ। सुरक्षाकर्मीले कैदीबन्दीको गणना गर्ने तयारी पनि गरेका छन्।
प्रकाशित मिति: २५ श्रावण २०८२, आइतबार












प्रतिक्रिया