धनगढी ।  ४० घण्टादेखि कैदीबन्दीको नियन्त्रणमा रहेको कैलाली कारागारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली हतियारसहित प्रवेश गरेको छ।

शनिबार कैदीबन्दीका दुई समूहबीच भएको झडपमा एक जनाको मृत्यु र ४९ जना घाइते भएपछि कारागारमा तनाव सिर्जना भएको थियो। त्यसयता सुरक्षाकर्मी समेत भित्र प्रवेश गर्न सकेका थिएनन्।

आइतबार अपराह्न मानव अधिकार आयोग प्रदेश कार्यालय, धनगढीको रोहवरमा संयुक्त सुरक्षादल कारागारको ब्लक ‘ए’ र ‘बी’ मा प्रवेश गरी भित्रको स्थिति निरीक्षण र खोजतलास सुरु गरेको हो।

कैदीबन्दीहरूले भित्रबाट ताला लगाई थुनुवा कक्ष पूर्ण रूपमा नियन्त्रणमा लिएको र कसैलाई प्रवेश दिन नमानेकाले कैदीहरूको सही संख्या समेत अन्योलमा परेको छ। सुरक्षाकर्मीले कैदीबन्दीको गणना गर्ने तयारी पनि गरेका छन्।

 

प्रकाशित मिति: २५ श्रावण २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com