भक्तपुर ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिलाको उद्यमशीलता र पेशागत सीप विकासका कार्यक्रममा सरकारले सक्रिय नेतृत्व लिनुपर्ने आवश्यक रहेको बताएका छन्।

भक्तपुरस्थित थिमी ब्याङ्क्वेटमा युथ इको नेपालले आयोजना गरेको ‘एसिया लार्जेस्ट मेकअप वर्कसप’ को समापन सत्रमा प्रमुख अतिथिका रूपमा बोल्दै अध्यक्ष प्रचण्डले महिला दिदीबहिनीको सहभागिताबाट आफू प्रभावित भएको बताए।

advertisement

अध्यक्ष प्रचण्डले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी युवा महिलाहरूको लगन र उत्साहप्रति खुशी व्यक्त गर्दै उनीहरूलाई ‘बन्दुकविहीन महिलाहरूको सेना’ को रूपमा तुलना गरे। उनले यो प्रकारको पहलले देशभरका महिलालाई प्रेरणा दिने विश्वास व्यक्त गरे।

कार्यक्रममा देशभरिबाट २,१३१ जनाले एकदिने मेकअप तालिम लिएका थिए र यसले ‘एसिया लार्जेस्ट मेकअप वर्कसप’ को रेकर्ड कायम गरेको छ।

सो अवसरमा अध्यक्ष प्रचण्डले ‘एसिया लार्जेस्ट मेकअप वर्कसप’ को प्रमाणपत्र आयोजकलाई हस्तान्तरण गर्नुभएको थियो।

प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com