काठमाडौं ।  दक्षिणी युरोपमा तापक्रम बढी रहेको छ यो क्षेत्रमा डढेलोको प्रकोप पनि त्यत्तिकै छ। तापक्रम बढेर ४० डिग्री सेल्सियस नाघेको छ।

इटाली, फ्रान्स, स्पेन र पोर्चुगल लगायत बलाकन क्षेत्रमा डढेलोको प्रकोप बढेको हो। स्पेनको मौसम विभागले सेभिया र कोरडोबामा तापक्रम ४५ डिग्री सेल्सियससम्म पुग्नसक्ने पूर्वानुमान गरेको छ। दक्षिणी पोर्चुगलमा ४४ डिग्री सेल्सियससम्म पुग्न सक्ने छ।

advertisement

स्पेनको इक्वेसिट्रयन क्षेत्रमा केही व्यक्तिको गर्मीकै कारण ज्यान गएको छ। स्पेनका राष्ट्रपति पेड्रो साँचेजले उद्धार टोलीले काम गरिरहेको बताएका छन्। स्पेनको उत्तर पश्चिम क्षेत्रमा चार हजार मानिस विस्थापित भएका छन्। उक्त क्षेत्रका ३० स्थानमा आगलागी हुँदा धेरै मानिस विस्थापित भएका हुन्।

युनेस्कोको सूचीमा रहेको लास मेडुलास लगायत स्थान जोखिममा छन्। त्यहाँ पुराना सुनको खानी रहेको अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २८ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com