काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुराना राजनीतिक दलहरू असफल भएको भन्ने अतिरञ्जित र नकारात्मक धारणा सिर्जना गरी समाजलाई दिग्भ्रमित पार्ने प्रयास भइरहेको बताएका छन्।

सोमबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्ता भाष्यलाई चिर्दै कांग्रेसलाई अझ शक्तिशाली र क्रियाशील बनाउनुपर्ने आवश्यकता औंल्याए।

advertisement

देउवाले कांग्रेसका सबै भ्रातृ संस्था र संगठनलाई सक्रिय बनाउँदै पार्टीभित्र व्यापक एकता कायम गर्न निर्देशन दिएका छन्। उनले आगामी निर्वाचनमा बहुमत ल्याएर स्थिर सरकार निर्माण गर्ने लक्ष्यमा समर्पित हुनुपर्नेमा जोड दिए।

उनले भने, “पुराना पार्टीहरूले केही गर्न सक्दैनन् भन्ने गलत भाष्य समाजमा फैलाइएको छ। तर, यस्ता चुनौती चिर्दै अझ सबल र सक्रिय बन्ने बाटोमा कांग्रेस अघि बढ्छ।

प्रकाशित मिति: २ भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com