तनहुँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले जनतालाई खुसी र सुखी बनाउन सार्वजनिक सेवालाई चुस्त र पारदर्शी बनाउनुपर्ने बताएका छन्।

शनिबार तनहुँको शुक्लागण्डकी नगरपालिकाले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा मन्त्री न्यौपानेले राजनीति गर्नेका लागि जनता नै पहिलो प्राथमिकता हुनुपर्ने उल्लेख गर्दै जनप्रतिनिधि जनताको सुविधाका लागि जिम्मेवार रहनुपर्नेमा जोड दिइन्।

advertisement

उनले सार्वजनिक निकायबारे जनताले उठाएका प्रश्न समाधानमुखी ढंगले सम्बोधन गर्नुपर्ने बताउँदै, “जनताको प्रश्नबाट भाग्ने होइन, समाधान गर्ने हो,” भनिन्।

मन्त्री न्यौपानेले विकासका काममा प्रगति भए पनि जनता अझै असन्तुष्ट भएकाले कामको गति बढाउनुपर्ने आवश्यकता औंल्याइन्। साथै, सामाजिक सञ्जालको दुरुपयोगले समाजमा नकारात्मक सन्देश फैलिएको भन्दै प्रविधिको सही प्रयोगमा ध्यान दिनुपर्ने धारणा राखिन्।

कार्यक्रममा शुक्लागण्डकी नगरपालिका प्रमुख कृष्णराज पण्डितले नगरपालिकाले प्रदान गरिरहेको सेवाबारे मन्त्रीलाई जानकारी गराएका थिए।

प्रकाशित मिति: ८ भाद्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com