काठमाडौं ।  उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अनियन्त्रित मनलाई नियन्त्रित र एकीकृत बनाउन सत्संग महत्वपूर्ण हुने बताएका छन् ।

मध्य बानेश्वरस्थित नवनिर्मित कबीर सत्संग आश्रमको भवन उद्घाटन गर्दै उनले सत्संग मानिसलाई सही मार्गमा हिँडाउन सहायक हुने बताए । ‘अनियन्त्रित मनहरुलाई नियन्त्रित र एकीकृत गर्ने माध्यम सत्संग हो,’ उनले भने, ‘धर्म र सत्कर्ममा लाग्नेहरुलाई प्रोत्साहन गर्नुपर्छ ।’

advertisement

उनका अनुसार सत्संगले समाजमा सहकार्य र मिलेर बस्ने वातावरण बनाउन मद्दत गर्छ । सिंहले आश्रमले अझ धेरै मानिसलाई सत्मार्गमा अघि बढ्न प्रेरित गर्ने विश्वास व्यक्त गरे ।

उपप्रधानमन्त्री सिंहले अहिलेको तनावपूर्ण जीवनशैलीले मानिसलाई दिग्भ्रमित बनाइरहेको उल्लेख गर्दै जीवनको लक्ष्य पहिचान गराउन धार्मिक तथा आध्यात्मिक संस्थाको भूमिका महत्वपूर्ण हुने बताए । उनले यस्ता संस्थाहरुलाई प्रवर्द्धन गर्नुपर्ने आवश्यकता पनि औंल्याए ।

 

प्रकाशित मिति: १२ भाद्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com