काठमाडाैं । दिल्ली उच्च अदालतमा बम राखिएको सूचनाका कारण बुधवार भागाभाग मच्चिएको छ। धम्की प्राप्त भएपछि न्यायाधीशहरूले केही समयका लागि अदालतको कार्यवाहि स्थगित गरेका थिए।

दिल्ली प्रहरीले धम्कीपूर्ण मेल पाएपछि तत्कालै अदालत खाली गराएको छ। मेल कसले पठाएको हो भन्ने अझै पत्ता लागेको छैन।

धम्कीपूर्ण मेल हाई कोर्टका रजिष्ट्रार जनरल अरुण भारद्वाजको इमेल ठेगानामा आएको थियो। सुरक्षा एजेन्सीले उच्च अदालतको पुरानो भवनका सबै कर्मचारीलाई तुरुन्तै भवन बाहिर निस्कन निर्देशन दिएको थियो।

सुरक्षा निकायले अदालतभित्र विस्तृत जाँच प्रक्रिया अघि बढाइरहेको छ। अदालती कामकारबाही साढे २ बजे मात्र पुनः सुरु हुने बताइएको छ।

प्रकाशित मिति: २७ भाद्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com