काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीमा यतिबेला जेन-जी विद्रोहको प्रभाव जबर्जस्त परेको छ। अखिल क्रान्तिकारीका पदाधिकारीहरुमा जेनजीले उठाएको भ्रस्टाचारको विरोध र सुशासनको पक्ष, प्रत्यक्ष कार्यकारी, र भ्रस्टचारीलाई कारबाही गर्न शक्तिशाली आयोग गठनको माग बलियो रुपमा उठेको छ।

पार्टी सच्चिने की सक्किने भन्ने चिन्ताका साथ माओवादी केन्द्रका जेनजी पुस्ताका विद्यार्थी नेताहरुले सार्वजनिक रुपमा बहस सुरु गरेका छन्।

advertisement

अखिल क्रान्तिकारीका उपाध्यक्ष बिराज थापाले पार्टी अध्यक्ष प्रचण्डले अब कार्यकारी भूमिकाबाट मार्गप्रशस्त गरेर माओबादी पार्टी र आन्दोलनलाई बचाउन पर्ने मत जाहेर गरेका छन्।

उता, अखिल क्रान्तिकारीका अध्यक्ष बिजय प्रसाद सापकोटाले प्रतिवाद गर्दै यस्ता मत राख्नेलाई कानका जाली फुट्ने गरी हान्न पर्ने आसयको अभिव्यक्ति सार्वजनिक रुपमा दिएका छन्। सापकोटाको आशय उपाध्यक्ष बिराज थापाप्रती इङ्कित गरेको देखिन्छ। यसले माओवादीको जेनजी पुस्तमा पेचिलो बहस सिर्जना गरेको छ।

प्रकाशित मिति: २९ भाद्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com