गण्डकी  । जेनजी प्रदर्शनका क्रममा पोखरा महानगरपालिकाका अधिकांश कार्यालयका भवन क्षतिग्रस्त बनेपछि त्यसको वैकल्पिक व्यवस्थासहित भोलिदेखि सेवा सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

महानगरले यसअघि आजदेखि नियमित सेवा सञ्चालनमा ल्याउने तयारी गरेको थियो । आज प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरूको सम्मानमा राष्ट्रिय शोक मनाउन देशभर सार्वजनिक बिदा घोषणा गरिएकाले भोलिदेखि सेवा सञ्चालनमा ल्याइने महानगरका प्रवक्ता मोती तिमल्सिनाले जानकारी दिए ।

advertisement

प्रदर्शनका क्रममा प्रमुख प्रशासनिक भवनसहित महानगरभित्रका अधिकांश वडा कार्यालयमा क्षति पुगेको थियो । उनका अनुसार महानगरका ३३ वडामध्ये २० वटा वडाका भवन पूर्ण रूपमा, छ वटा वडा भवन सुरक्षित र अन्य सात वटामा आंशिक क्षति पुगेको छ ।

उनका अनुसार पूर्ण रूपमा क्षतिग्रस्त भवनको वैकल्पिक व्यवस्थापन गर्दै सेवाहरू सञ्चालनमा ल्याउन लागिएको हो । यसैबीचमा कतिपय वडाका घरघरमा पुगेर पनि महानगरबाट अत्यावश्यकीय सेवाहरू प्रदान गर्न थालिएको उनले जानकारी दिए ।

मुलुकको विषम परिस्थितिका बाबजुत सकेसम्म सेवा प्रवाहलाई नरोक्ने उद्देश्यका साथ महानगरको वडा नं २५ ले घरघरमा पुगेर सुरक्षा भत्ता, परिचयपत्र नवीकरणलगायत सेवा प्रदान गरिरहेको प्रवक्ता तिमल्सिनाले बताए ।

  • रासस

प्रकाशित मिति: १ आश्विन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com