काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता गणेश पराजुलीले सांसद सुमना श्रेष्ठलाई लक्षित गर्दै काव्यात्मक शैलीमा असन्तुष्टि प्रकट गरेका छन्। सामाजिक सञ्जालमार्फत गरिएको अभिव्यक्तिमा उनले श्रेष्ठप्रति विश्वासघात गरेको आरोप झल्काउने शब्द प्रयोग गरेका छन्।

पराजुलीले लेखेका छन्, ‘गुण भुल्यौ, पित्तलको सुन पायौ होला। कलेजी काटेर दिएको ठाउँ, झरीझैँ दर्केर म रुदाखेरि, गयौ नि फर्केर हेर्दै नहेरी।’

उनको भनाइलाई श्रेष्ठले व्यक्तिगत योगदान र सम्बन्धलाई बेवास्ता गरेको भन्दै आलोचनात्मक टिप्पणीको रूपमा लिइएको छ। यद्यपि, यसबारे सांसद सुमना श्रेष्ठले कुनै प्रतिकृया दिएको छैन।

राजनीतिक वृत्तमा पराजुलीको अभिव्यक्ति रास्वपा भित्र देखिएको असन्तोषको संकेतका रूपमा हेरिएको छ। केही नेताहरूले यसलाई व्यक्तिगत टिप्पणी भन्दै आलोचना गरेका छन् भने केहीले यसलाई राजनीतिक असहमति सार्वजनिक रूपमा प्रकट गर्ने शैलीको रूपमा मूल्यांकन गरेका छन्।

प्रकाशित मिति: ७ आश्विन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com