काठमाडाैं ।  धरान उपमहानगरका मेयर हर्क साम्पाङले बालेन शाहप्रति कटाक्ष गर्न जारी राखेका छन् । पछिल्लो सामाजिक सञ्जाल पोष्टमा हर्क साम्पाङले बालेनलाई ‘विदेशी दलाल’ भनेका छन् ।

उनले बालेनले पछिल्लो समय सामाजिक सञ्जालमा लेखेका स्ट्याटसप्रति टिप्पणी गर्दै ‘विदेशी दलाल’ को स्ट्याटस बेमौसमी गीत मात्रै भएको उल्लेख गर्दै देशको अवस्था खरानी बनाएर घरी एम्बुलेन्स र घरी छात्रवृत्ति भनेको भन्दै अब जति नै डाइभर्ट गर्न खोजे पनि नेपालीले ‘विदेशी दलाल’ भनेर चिनिसकेको बताएका छन् ।

advertisement

उनले भनेका छन्- ‘विदेशी दलालको स्ट्याटस बेमौसमी गीत मात्रै हो ! देशको वस्था खरानी बनाएर घरी एम्बुलेन्स रे, घरी छात्रवृत्ति रे, भो अब जति नै डाइभर्ट गर्न खोजे पनि नेपालीले चिनिसक्यो विदेशी दलाल भनेर !’

प्रकाशित मिति: ९ आश्विन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com