काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता जगदीश खरेलले शीर्ष नेताहरूको पासपोर्ट रोक्का गर्ने विषयमा राज्यका संयन्त्रहरूले अध्ययन भइरहेको बताएका छन्।
कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नीको राहदानी रोक्का गर्न सकिने समाचार बाहिरिएपछि आज मन्त्रिपरिषद्को बैठकपश्चात् आयोजित पत्रकार सम्मेलनमा सोधिएको प्रश्नमा मन्त्री खरेलले यस्तो प्रतिक्रिया दिएका हुन्।
उनले राहदानी रोक्का गर्ने विषय कुनै व्यक्तिसँग मात्र सीमित नभई भ्रष्टाचार, अनियमितता वा अन्य गम्भीर अपराधसँग सम्बन्धित मुद्दामा समेत अनुसन्धान अघि बढिरहेको बताए। खरेलले भने, ‘पासपोर्ट रोक्कासम्बन्धी विषयलाई राज्यका संयन्त्रहरूले कानुनी प्रक्रिया र अनुसन्धानको आधारमा हेर्दै छन्। यसबारे के गर्ने भन्नेबारे अध्ययन भइरहेको छ।’
सरकारले यस विषयमा अन्तिम निर्णय भने अझै नलिएको उनको भनाइ थियो।
प्रकाशित मिति: १० आश्विन २०८२, शुक्रबार













प्रतिक्रिया