काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार तोडफोड र आगजनीको माध्यमबाट बनेको आरोप लगाएका छन्।
शनिबार भक्तपुरको गुण्डुमा राष्ट्रिय युवा संघ, नेपालको आयोजनामा आयोजित खुला भेटघाट कार्यक्रममा ओलीले जेन–जी आन्दोलनपछि गठन भएको सरकार संवैधानिक प्रक्रिया वा जनताको अभिमतबाट नभई अवैध तरिकाले बनेको बताए।
उहाँले आफूले देश र जनताको हितमा काम गर्दै आएको दाबी गर्दै त्यसको प्रमाण सार्वजनिक गर्न सरकारलाई चुनौतीसमेत दिनुभयो। ओलीले भने, ‘मैले कर्मचारीलाई दिएको निर्देशनहरू सबै रेकर्डमा छन्। सरकारले चाहेको खण्डमा ती सार्वजनिक गर्योस्। हामी कुनै षड्यन्त्र गर्दै छैनौं।’
अध्यक्ष ओलीले आफ्नो पार्टीले सधैं सुशासन र पारदर्शिताको पक्षमा काम गर्दै आएको र एमालेको नेतृत्वमा छलछाम वा षड्यन्त्रको कुनै गतिविधि नभएको पुनः दोहोर्याए।
उहाँले भ्रष्टाचार र अनुचित गतिविधि भएको भए प्रमाणसहित देखाउन पनि सरकारलाई चुनौती दिएका छन्, जसले एमालेको नेतृत्वको पारदर्शिता र ईमानदारीलाई उजागर गर्नुपर्ने उल्लेख गरे।
प्रकाशित मिति: ११ आश्विन २०८२, शनिबार













प्रतिक्रिया