काठमाडाैं । नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ।
आइतबार दिउँसो १ बजे बस्ने गरी सचिवालय बैठक आह्वान भएको एमालेका एक पदाधिकारीले जानकारी दिए।
बैठक भक्तपुरको गुण्डुमै बस्ने तय भएको पनि ती पदाधिकारीले जानकारी दिए।
एमालेले २३ गतेको जेनजी आन्दोलन र २४ गतेको हिंसात्मक प्रदर्शनपछि पहिलो पटक सचिवालय बैठक बस्न लागेको हो।
भदौ २४ गते प्रदर्शनकारीहरूले च्यासलस्थित एमाले पार्टी कार्यालयमा आगजनी गरेका थिए।
बालकोटस्थित अध्यक्ष केपी शर्मा ओलीको घरमा पनि तोडफोड र आगजनी भएको थियो।
त्यसपछि ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए।
उनी असोज २ गते मात्रै सेनाको सुरक्षा घेराबाट बाहिर आएका थिए।
प्रकाशित मिति: ११ आश्विन २०८२, शनिबार












प्रतिक्रिया