काठमाडौं ।  काठमाडौंको माइतीघरमा आज भएको प्रदर्शनमा सहभागी रहेका डा निकोलश भुसालले गाँजा सेवन गरेको पाइएपछि सुधार केन्द्र पठाउने शर्तमा उनको परिवारको जिम्मा लगाइएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले भुसालको स्वास्थ्य परीक्षण गर्दा लागुऔषध गाँजा खाएको पाइएपछि सुधार केन्द्र लैजाने शर्तमा परिवारको जिम्मा लगाइएको जानकारी दिए । उक्त प्रदर्शनका क्रममा आज ४४ जना पक्राउ परेका र उनीहरुलाई छाड्न आवश्यक प्रक्रिया जारी रहेको उनले बता । डा भुसालसहितका व्यक्तिहरु आज प्रदर्शनमा सहभागी भएका थिए ।

प्रकाशित मिति: २३ आश्विन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com