काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्नो झण्डामा रहेको पाँचकुने तारा चिन्ह अन्य कुनै राजनीतिक दलले प्रयोग नगर्न आग्रह गरेको छ ।

जसपाका प्रवक्ता मनिषकुमार सुमनले मङ्गलबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त तारा चिन्हलाई निर्वाचन चिन्ह वा अन्य कुनै प्रतीकका रूपमा प्रयोग गर्ने प्रयासबारे पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

advertisement

विज्ञप्तिमा भनिएको छ, ‘राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ६(१)(ङ), दफा ९ र दफा ५४(७)(क) विपरीत जसपाको झण्डामा रातो पृष्ठभूमिमा अंकित पाँचकुने तारालाई अन्य दलले चुनाव चिन्हका रूपमा दाबी गर्न खोजिएको विषयमा हाम्रो गम्भीर ध्यान गएको छ ।’

जसपाले आफ्नो झण्डा र प्रतीक दलको पहिचान र राजनीतिक इतिहाससँग गहिरो रूपमा जोडिएको बताउँदै उक्त चिन्हको दुरुपयोग रोक्न निर्वाचन आयोगको ध्यानाकर्षण समेत गराएको छ ।

पार्टीले स्पष्ट रूपमा चेतावनी दिएको छ— ‘पाँचकुने तारा जसपाको ऐतिहासिक र वैधानिक सम्पत्ति हो, यसलाई कुनै दलले नक्कल गर्न खोजे कानुनी कदम चालिनेछ ।’

प्रकाशित मिति: १८ कार्तिक २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com