काठमाडौं । सुशासन, भ्रष्टाचार र माफियाको विरुद्ध आवाज उठाउँदै जेनजी आन्दोलन पश्चात् प्रधानमन्त्री बनेकी पुर्व प्रधानन्यायाधीश समेत रहेकी सुशीला कार्कीले धापासीमा सरकारी जग्गा कब्जा गरेको खुलासा भएको छ।
सरकारी तथ्यांक अनुसार टोखा नगरपालिका-४ धापासीमा कार्कीका श्रीमान दुर्गा प्रसाद सुवेदीको नाममा रहेको ६ आना १ पैसा २ दाम रहेको घर अगाडिको झण्डै ३ आना सरकारी जग्गा कार्की परिवारले अतिक्रमण गरेको हो।
कार्कीको घरको जग्गा ६ आना १ पैसा २ दाम छ। तर, उनको परिवारले ९ आना १ पैसा क्षेत्रफल भोगचलन गरिरहेको छ। झण्डै ३ आना सरकारी जग्गा अतिक्रमण गरेको स्थानीय वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठ बताउँछन्।

कार्कीको जग्गा कित्ता नं ८ मा २०६.४४ व.मी छ। नापी कार्यालयको नक्सा अनुसार पनि कित्ता नं ८ मात्रै उनको जग्गा हो। तर, करिब ३ आना सरकारी जग्गा पर्खाल लगाउँदै टहरा बनाएर आफ्नो कम्पाउण्ड भित्र राखेकी छन्।
जेनजीको मागलाई बेवास्ता गर्दै राजनितीक दलहरूसँग सौदाबाजी गरेर निर्वाचन केन्द्रित गतिविधिलाई अगाडि बढाएको आरोप लाग्दै आएकी कार्किको एकपछि अर्को कर्तुत बाहिरीदै आएको छ।
जेनजी आन्दोलन अघि सुशासनको नारा र भ्रष्टाचार विरुद्ध खरो रुपमा प्रस्तुत हुने कार्कीले सरकारी जग्गा अतिक्रमण गरेको, कार्की नेतृत्वको सरकार विभिन्न काण्डमा मुछिएको र जेनजीको मुख्य मागलाइ बेवास्ता गर्दै चुनावमा मात्र केन्द्रीत भएको भन्दै उनको चौतर्फी आलोचना भईरहेको छ।
प्रकाशित मिति: १३ मंसिर २०८२, शनिबार













प्रतिक्रिया