विराटनगर । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पार्टीका उपाध्यक्ष देवराज लामालाई निलम्बन गरेका छन्।
बम विस्फोटसम्बन्धी पुरानो घटनामा संलग्न रहेको आरोपमा प्रहरीले लामालाई पक्राउ गरेपछि अध्यक्ष साम्पाङले बुधबार भिडियो सन्देशमार्फत पार्टीको औपचारिक निर्णय सार्वजनिक गरेका हुन्। उनले राज्यले गरिरहेको अनुसन्धान प्रक्रियालाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै अनुसन्धान निष्कर्षमा नपुगेसम्मका लागि लामालाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट निलम्बन गरिएको जानकारी दिए।
साम्पाङले पार्टीले विधि, कानुन र पारदर्शितालाई उच्च प्राथमिकतामा राख्ने स्पष्ट पार्दै, कानुनी प्रक्रियामा असर नपरोस् भन्ने उद्देश्यले निलम्बनको निर्णय गरिएको बताए। अनुसन्धानको निष्कर्ष आएपछि मात्रै थप निर्णय लिइने उनको भनाइ छ।
सम्बन्धित समाचार
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ
प्रकाशित मिति: २ पुस २०८२, बुधबार













प्रतिक्रिया