काठमाडौँ । जेन्जी आन्दोलनलाई संस्थागत गर्ने उद्देश्यसहित ३० भन्दा बढी जेन्जी समूहहरूको ललितपुरको झम्सिखेलमा सम्पन्न संयुक्त बैठकले मिराज ढुंगानालाई संयोजक घोषणा गरेको छ।

बैठकमा १०० जना भन्दा बढी जेन्जी अभियन्ता तथा विद्रोहका क्रममा घाइते, शहीद परिवारका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। बैठकले कार्यकारी समिति विस्तारका लागि मिराज ढुंगाना, सुनिल सिंह र अजय सोडारीलाई जिम्मेवारी दिएको छ।

advertisement

बैठकले वर्तमान सरकारले आन्दोलनको भावना अनुरूप काम नगरेको तथा जेन्जी विद्रोहविरुद्ध षड्यन्त्र गर्न उद्दत रहेको निष्कर्ष निकालेको छ। सोही कारण वर्तमान सरकार अपदस्त गर्नुपर्ने, सर्वपक्षीय सहमति कायम गर्दै सर्वपक्षीय सरकार गठन गर्नुपर्ने तथा संविधान पुनर्लेखन वा संशोधन आवश्यक रहेको धारणा बैठकले सार्वजनिक गरेको छ।

यी मागहरू सार्वजनिक गर्न संयुक्त जेन्जी आन्दोलन समितिले भोलि पौष ६ गते (आइतबार) दिउँसो १ बजे काठमाडौँको डिल्लीबजारस्थित भोजन गृहमा बृहत् पत्रकार सम्मेलन आयोजना गर्ने जनाएको छ। पत्रकार सम्मेलनमार्फत सडकमा रहेका सबै जेन्जी अभियन्ता, घाइते तथा शहीद परिवारलाई समेटेर लैजाने योजनासहित संयुक्त आन्दोलनका आगामी कार्यक्रमहरू सार्वजनिक गरिने समितिले जनाएको छ।

प्रकाशित मिति: ५ पुस २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com