काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटनमा सहभागी हुन सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन्।

भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनलाई सम्बोधन गर्दै शर्माले उमेर र समयको सन्दर्भ उल्लेख गर्दै अब नेतृत्व हस्तान्तरणका लागि मार्ग प्रशस्त गर्नुपर्ने धारणा राखे। उनले देउवाले आफ्ना कार्यकर्ताको भावना बुझ्दै बन्द सत्र उद्घाटनमा उपस्थित हुनुपर्ने बताए।

advertisement

शर्माले विशेष महाधिवेशनको विपक्षमा रहेका केही केन्द्रीय नेताहरूलाई महाधिवेशनस्थलमा उपस्थित प्रतिनिधिहरूले आलोचना गरिरहेको टिप्पणी गरे। साथै, पार्टीभित्र ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षर हुँदाहुँदै पनि त्यसलाई सामान्य छलफलमा समेत ल्याउन नसक्नु दुर्भाग्यपूर्ण भएको उनले बताए।

उनले कांग्रेसले आफ्ना ऐतिहासिक संघर्ष, लोकतान्त्रिक मूल्य र जनताको अपेक्षालाई आत्मसात गर्दै अब नयाँ ढंगले अघि बढ्नुपर्ने आवश्यकता औँल्याए।

प्रकाशित मिति: २७ पुस २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com