काठमाडौं ।  नेपाली कांग्रेसको विशेष महाधिवेशनले गठन गरेको केन्द्रीय निर्वाचन समितिले निर्वाचन प्रक्रिया सुरु गरेको छ। केन्द्रीय निर्वाचन समिति संयोजक सीताराम केसीले मंगलबार विज्ञप्ति जारी गर्दै निर्वाचन प्रक्रिया औपचारिक रूपमा सुरु भएको जानकारी दिएका हुन्।

विशेष महाधिवेशनबाट केन्द्रीय निर्वाचन समिति गठन भएसँगै बसेको समितिको बैठकले निर्वाचन प्रक्रिया अघि बढाउने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ। तर निर्वाचनसम्बन्धी विस्तृत कार्यतालिका भने हालसम्म सार्वजनिक गरिएको छैन।

advertisement

पार्टी नेतृत्व चयन प्रक्रियातर्फ विशेष महाधिवेशन अघि बढेसँगै कांग्रेसभित्र आन्तरिक राजनीतिक गतिविधि थप तीव्र बनेको छ। कार्यतालिका सार्वजनिक भएपछि उम्मेदवारी दर्ता, मतदान र नतिजा घोषणाको प्रक्रिया स्पष्ट हुने अपेक्षा गरिएको छ।

Congress special general Convention election

प्रकाशित मिति: २९ पुस २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com