एजेन्सी। अफगानिस्तानको पूर्वी प्रान्त गजनीमा शनिबार राति भएको दुईवटा सडक दुर्घटनामा कम्तीमा ६ यात्रुको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । घाइतेहरूमा महिला र बालबालिकाहरू पनि छन् ।

पहिलो दुर्घटना कराबाग जिल्लामा भएको थियो, जसमा पाँच यात्रुको मृत्यु भएको छ, त्यसमा दुई महिला र एक बच्चा रहेका छन् । यस दुर्घटनामा दुई जना घाइते भएका थिए ।

advertisement

केही मिनेटको अन्तरमा सोही सडकमा अर्को दुर्घटना पनि भएको थियो । यसमा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्, जसमा केहीको अवस्था गम्भीर छ ।

प्रहरी तत्काल दुर्घटना स्थलमा पुगेका र घाइतेहरूलाई नजिकको अस्पतालमा पु¥याएका थिए । प्रहरीका अनुसार, हतारमा गाडी चलाउनु र सडकमा अन्धकार भएका कारण यी दुःखद दुर्घटनाहरू भएका हुन् ।

गत साता उत्तरी बडाख्शान प्रान्तमा पनि यस्तै सडक दुर्घटनामा १२ जनाको मृत्यु भएको र तीन जना घाइते भएका थिए ।

प्रकाशित मिति: ३ फाल्गुन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com