काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) परित्याग गरेका कीर्तिपुर नगरपालिकाका पूर्व मेयर रमेश महर्जन र वडा नं. ६ का पूर्व वडाध्यक्ष नुच्छे महर्जन नेपाली कम्युनिस्ट पार्टीमा आबद्ध भएका छन्।

आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता बामदेव गौतमलगायतका शीर्ष नेताहरूले उनीहरूलाई औपचारिक रूपमा पार्टीमा स्वागत गरेका थिए।

advertisement

कार्यक्रममा संयोजक प्रचण्डले नेपाली कम्युनिस्ट पार्टी विभिन्न कम्युनिस्ट शक्तिहरूको एकताबाट बनेको उल्लेख गर्दै आगामी दिनमा यो एकता सिङ्गो एमालेसहितको बृहत्तर कम्युनिस्ट एकतामा रूपान्तरण हुने विश्वास व्यक्त गरे। राष्ट्रवादी शक्तिहरूबीच सहकार्य र एकताले देशको राजनीतिमा सकारात्मक सन्देश प्रवाह गर्ने उनको धारणा थियो।

नवप्रवेशी नेताद्वय रमेश महर्जन र नुच्छे महर्जनले कीर्तिपुर–१० बाट ‘तारा’ चुनाव चिन्हमा उम्मेदवार रहेकी रुपा महर्जनलाई विजयी गराउन सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए।

यसै क्रममा पूर्व मेयर रमेश महर्जनले दुई तिहाइ बहुमतसहितको सरकारको नेतृत्व गर्दा पनि जनअपेक्षाअनुसार काम गर्न नसकेको टिप्पणी गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जनतासमक्ष पुनः मत माग्ने नैतिक आधार कमजोर भएको दाबी गरे।

प्रकाशित मिति: १० फाल्गुन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com