धनगढी । कैलालीमा एक वडाध्यक्षमाथि ढुङ्गा प्रहार भएको घटना सार्वजनिक भएको छ।

कैलाली क्षेत्र नम्बर ४ अन्तर्गत गोदावरी नगरपालिका–१० स्थित शंकर आधारभूत विद्यालय नजिकै रहेको मतदान केन्द्र आसपास वडाध्यक्ष रवीन्द्र शाही ‘गुड्डु’ माथि ढुङ्गा प्रहार भएको प्रहरीले जनाएको छ।

advertisement

ढुङ्गा लाग्दा शाहीको टाउकोमा चोट लागेको छ। हाल उनको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

यस घटनाका बाबजुद पनि उक्त मतदान केन्द्रमा मतदान प्रक्रिया भने निरन्तर जारी रहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com