जनकपुरधाम । सिरहा जिल्ला अदालत अगाडि बम विस्फोट भएको छ।
जिल्ला अदालत परिसर नजिकै रहेको मधेश ल फर्ममा राखिएको कुकर बम बुधबार विस्फोट भएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन्।
बम विस्फोट का कारण ल फर्मको सिसा फुट्नुका साथै कार्यालयभित्र रहेका कागजात र फर्निचरमा समेत क्षति पुगेको बताइएको छ।
घटनापछि सुरक्षाका लागि उक्त क्षेत्रमा प्रहरी परिचालन गरिएको छ। विस्फोटको कारण र क्षतिको विस्तृत विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
यो पनि:
बम विस्फोट प्रकरण: पार्टी अध्यक्ष हर्क साम्पाङले गरे उपाध्यक्ष लामालाई निलम्बन
प्रकाशित मिति: २७ फाल्गुन २०८२, बुधबार













प्रतिक्रिया