काठमाडौं । नेकपा (एमाले)ले प्रतिनिधिसभा समानुपातिक सांसदहरूको नामावली अन्तिम रूप दिएको छ। शनिबार (फागुन ३०) भक्तपुरको गुन्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको सचिवालय बैठकमा नाम टुंगो लागेको एमाले सचिव महेश बस्नेतले जानकारी दिएका छन्।
एमालेले समावेशी सिद्धान्तअनुसार विभिन्न जात, समुदाय र समूहको प्रतिनिधित्व सुनिश्चित गर्दै सांसदहरू चयन गरेको सचिव बस्नेतले बताए। उनले सबै चयनित सांसदलाई हार्दिक बधाई पनि दिएका छन्।
समानुपातिक सांसदको नामावली यस प्रकार छः
जनजाति (४ जना)
महिला: भूमिका सुब्बा, गंगादेवी श्रेष्ठ
पुरुष: रामबहादुर थापा मगर, कुलभक्त शाक्य
खसआर्य (५ जना)
महिला: पद्मा अर्याल, टुकाभद्रा हमाल, एशुदा कुमारी बराल (पिछडिएको क्षेत्र)
पुरुष: गुरुप्रसाद बराल, पुष्पराज कंडेल
थारु (१ जना)
पुरुष: कृपाराम राणा
दलित (२ जना)
महिला: विष्णुमाया वी.के., नीता घटानी
मधेसी (३ जना)
महिला: रिङ्ला यादव, यशोधा कुमारी यादव
पुरुष: चन्द्रेश्वर मण्डल
मुस्लिम (१ जना)
महिला: साजिदा सिद्दीकी
प्रकाशित मिति: ३० फाल्गुन २०८२, शनिबार












प्रतिक्रिया