काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि विशेष अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने भएको छ।

पार्टीका तर्फबाट प्रत्यक्ष तथा समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूलाई लक्षित गर्दै यही चैत्र ३ र ४ गते कार्यक्रम सञ्चालन गरिने तय भएको हो।

advertisement

पार्टीले सार्वजनिक गरेको सूचनाअनुसार अभिमुखीकरण कार्यक्रम बिहान १० बजेदेखि सुरु हुनेछ र रोयल टुलिप होटल मा आयोजना गरिनेछ।

पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटी द्वारा हस्ताक्षरित सूचनामा कार्यक्रम आवासीय प्रकृतिको हुने उल्लेख गरिएको छ। सहभागी सांसदहरूको भोजन तथा बसोबासको सम्पूर्ण व्यवस्था पार्टीले नै गर्ने जनाइएको छ।

अभिमुखीकरणका क्रममा सांसदहरूलाई विशेष प्रशिक्षण प्रदान गरिनेछ। कार्यक्रम अवधिभर हलभित्र मोबाइल फोन प्रयोग गर्न नपाइने व्यवस्था गरिएको महामन्त्री बुर्लाकोटीले जानकारी दिएका छन्।

यसका साथै कार्यक्रममा परिवारका सदस्य, साथीभाइ वा अन्य पाहुनालाई ल्याउन नपाइने स्पष्ट निर्देशन दिइएको छ। कार्यक्रममा सहभागी सांसदहरूले कार्यक्रम स्थलमा परिवार सदस्य वा अन्य व्यक्तिसँग भेटघाट गर्ने, फोटो खिच्ने वा छुट्टै बैठक राख्ने जस्ता गतिविधि नगर्न पनि पार्टीले निर्देशन दिएको छ।

प्रकाशित मिति: २ चैत्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com