काठमाडौं। सरकारले आगामी शैक्षिक सत्रदेखि कक्षा ५ सम्मका विद्यार्थीहरूको आन्तरिक परीक्षा पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको हो । साना बालबालिकामा परीक्षाका कारण सिर्जना हुने मनोवैज्ञानिक त्रास, तनाव र दबाबलाई न्यूनीकरण गरी उनीहरूको प्राकृतिक सिकाइ प्रक्रियालाई प्रोत्साहन गर्न यो कदम चालिएको सरकारले जनाएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार कक्षा ५ सम्मका विद्यार्थीहरूको मूल्यांकन अब परीक्षा प्रणालीबाट होइन, निरन्तर मूल्यांकनको आधारमा गरिनेछ । यसले बालबालिकालाई पढाइप्रति रुचि बढाउने र डरमुक्त वातावरणमा सिक्न मद्दत गर्ने अपेक्षा गरिएको छ ।
यो निर्णयसँगै अब कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूलाई वार्षिक, अर्धवार्षिक वा त्रैमासिक परीक्षा दिनुपर्ने बाध्यता हट्ने भएको छ ।
प्रकाशित मिति: १५ चैत्र २०८२, आइतबार













प्रतिक्रिया