काठमाडौं। गृहमन्त्री सुदन गुरुङ ले विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा आफू करिब १० वर्षदेखि काम गर्दै आएको रहेको बताएका छन्।
उनले लामो समय १० वर्षदेखि काम सक्रिय काम गर्दै आएको अनुभवका आधारमा आगामी दिनमा अझ प्रभावकारी तयारी गर्न आवश्यक रहेको उल्लेख गरे।
आइतबार मन्त्रालयमा आयोजित छलफलका क्रममा गृहमन्त्री गुरुङले मनसुन सुरु हुनुअघि नै सम्भावित विपद् व्यवस्थापनका लागि सबै निकायलाई तयारी अवस्थामा रहन आग्रह गरेका थिए।
सो अवसरमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण का कार्यकारी प्रमुख दिनेश भट्ट सँग पनि विस्तृत छलफल भएको थियो।
छलफलका क्रममा कार्यकारी प्रमुख भट्टले विपद् व्यवस्थापनसम्बन्धी काम नियमित प्रक्रियाअनुसार अघि बढिरहेको जानकारी दिए। साथै उनले वर्तमान गृहमन्त्रीले चाँडै पहल लिएकोले समन्वय र तयारीका काममा सहजता आएको उल्लेख गरे।
गृहमन्त्री गुरुङले आफूले यसअघि देखिनै जोखिम न्यूनीकरणमा ध्यान दिँदै आएको र अहिले गृहमन्त्रीको जिम्मेवारी सम्हालेपछि विपद् हुनुअघि नै न्यूनीकरणका उपायहरू लागू गर्न केन्द्रित रहेको बताए।
प्रकाशित मिति: १५ चैत्र २०८२, आइतबार











प्रतिक्रिया