काठमाडौं। प्रतिनिधिसभा सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ।
मंगलबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा सभामुखको निर्वाचन का लागि २० गते मनोनयन दर्ता गर्ने गरी प्रस्ताव पारित भएको छ।
सांसद खुश्बु ओलीले बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उक्त जानकारी दिएकी हुन्।
सभामुख निर्वाचन प्रक्रिया अब छिट्टै अघि बढ्ने भएको छ। बैठकमा सबै दलहरूबीच यो मिति तय गर्न सहमति जुटेको थियो।
प्रकाशित मिति: १८ चैत्र २०८२, बुधबार













प्रतिक्रिया