काठमाडौँ । नेकपा एमालेका संसदीय दलका नेता तथा कार्यवाहक अध्यक्ष रामबहादुर थापाले बिहीबार संसदमा गरेको सम्बोधनप्रति नेता सुरेन्द्र पाण्डेले असन्तुष्टि व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पाण्डेले संसदमा “षड्यन्त्र”का लामा कथाहरू सुनाइएको भन्दै त्यसप्रति आपत्ति जनाएका छन् । उनले सेना, कर्मचारी र प्रविधिलाई दोषारोपण गर्ने प्रवृत्तिको आलोचना गर्दै यस्तो वातावरण सिर्जना हुनुमा सरकारकै अकर्मण्यता जिम्मेवार रहेको प्रश्न उठाएका छन् ।

advertisement

उनले ‘घेराबन्दी’को नाममा राष्ट्रवादी राजनीति गर्ने पुरानो शैली अब उपयुक्त नभएको उल्लेख गर्दै वास्तविक राष्ट्रवाद भनेको नेपालको आर्थिक सुधारमा केन्द्रित हुनुपर्ने बताएका छन् । अन्य एजेन्डाहरूलाई उनले व्यक्तिगत स्वार्थसँग जोडिएका विषयका रूपमा चित्रण गरेका छन् ।

पाण्डेले आफ्नो कमजोरी लुकाएर कार्यकर्तालाई भ्रममा पार्ने र अतिवादतर्फ धकेल्ने काम नगर्न आग्रह गरेका छन् । साथै, विभिन्न विषयमा छानबिन आवश्यक भए पनि राजनीतिको दिशा जनताको अपेक्षाअनुसार नभएको यथार्थलाई नजरअन्दाज गर्न नहुने उनले बताएका छन् ।

थापाको सम्बोधन विवादमा आएपछि यस विषयमा छलफल गर्न आज नेकपा एमालेको सचिवालय बैठक बस्ने तयारी गरिएको छ ।

प्रकाशित मिति: २० चैत्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com