काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूको बैठक बोलाएका छन्। संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेका अनुसार उक्त बैठक सोमबार बिहान ११ बजे सिंहदरबारमा बस्ने तय गरिएको छ।

महासचिव पाण्डेले जानकारी दिएअनुसार बैठकमा मुख्यतः तीन महत्वपूर्ण विषयमा छलफल गरिनेछ। यस अन्तर्गत सोमबार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूचीमाथि विमर्श हुनेछ।

यससँगै कार्यव्यवस्था परामर्श समिति गठन र प्रतिनिधि सभा नियमावली संशोधनका लागि समिति निर्माण गर्ने विषयमा पनि सर्वदलीय सहमति खोजिने बताइएको छ।

प्रकाशित मिति: २३ चैत्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com