काठमाडौं । ९ औँ हिन्द महासागर सम्मेलनमा सहभागी हुन पोर्ट लुइस पुगेका नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री एस. जयशंकर बीच द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ।

शुक्रबार सम्पन्न उक्त भेटमा मन्त्री जयशंकरले  शिशिर खनाल लाई परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हालेकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।

advertisement

भेटवार्तामा दुवै पक्षले नेपाल–भारतबीचको ऐतिहासिक तथा बहुआयामिक सम्बन्धको समग्र समीक्षा गरेका छन्। साथै, आपसी हितसँग जोडिएका विविध विषयमा सकारात्मक र भविष्यमुखी संवाद भएको जनाइएको छ।

वार्तापछि दुवै मन्त्रीले दुई देशबीचको सहकार्यलाई अझ सुदृढ, प्रभावकारी र परिणाममुखी बनाउने साझा प्रतिबद्धता पुनः व्यक्त गरेका छन्।

हिन्द महासागर क्षेत्रको सुरक्षा, व्यापार र क्षेत्रीय सहकार्यलाई केन्द्रमा राख्दै अप्रिल १० देखि १२ सम्म मोरिससमा आयोजना भइरहेको यस सम्मेलनमा नेपालका तर्फबाट मन्त्री खनाल नेतृत्व गर्दै सहभागी भएका छन्।

प्रकाशित मिति: २७ चैत्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com