काठमाडौं । गृहमन्त्री सुधन गुरुङले ‘पिर्के सलामी’ नलिने निर्णय गरेका छन्।

नवलपुरस्थित सशस्त्र प्रहरी बलको कार्यालयमा पुग्दा उनले आफूले यस्तो सलामी स्वीकार नगर्ने स्पष्ट गरेका हुन्। उक्त कार्यालयमा उनलाई डीएसपी लक्ष्मण बरालले स्वागत गरेका थिए।

advertisement

त्यस क्रममा गृहमन्त्री गुरुङले जिल्ला प्रशासन कार्यालय नवलपुरका सहायक प्रमुख जिल्ला अधिकारी चीरञ्जीवी राना, प्रहरी उपरीक्षक युवराज खड्का तथा राष्ट्रिय अनुसन्धानका एसपी अभिनयकुमार सिंहलगायत सुरक्षा निकायका अधिकारीहरूसँग जिल्लाको शान्ति–सुरक्षा अवस्था, सम्भावित सुरक्षा जोखिम र व्यवस्थापनका विषयमा छलफल गरेका थिए।

यसअघि शनिबार पृथ्वीराजमार्गको अवस्थाबारे निरीक्षण गर्दै उनी चितवन पुगेका थिए। चितवनमा गृह प्रशासनसँग सम्बन्धित अधिकारीहरूसँग छलफल सकेपछि आइतबार बिहान उनी नवलपुर पुगेका हुन्।

प्रकाशित मिति: २९ चैत्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com