काठमाडौं । गण्डकी प्रदेशमा मन्त्री पदमा समावेश नपाएपछि नेपाली कांग्रेसका प्रदेशसभा सदस्य द्रोर्णकुमार कुँवरले पदबाट राजीनामा दिएका छन्।

बागलुङ क्षेत्र नम्बर २ (२) बाट प्रत्यक्ष निर्वाचित कुँवरले बुधबार गण्डकी प्रदेशसभाका सभामुखलाई सम्बोधन गर्दै राजीनामा पत्र बुझाएका हुन्। उनले आफ्नो राजीनामा वैशाख २ गतेदेखि लागू हुने उल्लेख गरेका छन्।

advertisement

राजीनामा पत्रमार्फत उनले आफूलाई निर्वाचित गराउन विश्वास व्यक्त गर्ने मतदाता र समर्थकप्रति आभार प्रकट गरेका छन्। जनअपेक्षा अनुरूप काम गर्न नसकेको स्वीकार गर्दै उनले क्षमायाचनासमेत गरेका छन्।

कुँवरले पदमा नरहे पनि जनताको सेवामा निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाएका छन्। साथै, आफ्नो कार्यकालमा साथ दिने पार्टी नेतृत्व, सहकर्मी प्रदेशसभा सदस्य, कर्मचारी र शुभेच्छुकहरूलाई धन्यवाद दिएका छन्।

उनी नेपाली कांग्रेसका महासमिति सदस्यसमेत हुन्। उल्लेखनीय छ, आजै गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन गरिएको थियो, जसमा कुँवर आकांक्षी रहे पनि मन्त्री सूचीमा समावेश हुन सकेनन्।

प्रकाशित मिति: २ बैशाख २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com