काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले पदबाट राजीनामा दिएकी छन् ।
यादवले बिहीबार प्रधानमन्त्री बालेन शाहलाई भेटेर राजीनामा बुझाएको उनको सचिवालयले जनाएको छ ।
यादवले बिहीबार नै ग्यास उद्योगीलाई लक्षित गर्दै ‘पाता कस्नुपर्ने’ भन्दै विवादित अभिव्यक्ति दिएकी थिइन् ।
उनको राजीनामाको कारणबारे भने सचिवालयले थप विवरण सार्वजनिक गरेको छैन ।
प्रकाशित मिति: २५ भाद्र २०८३, बिहिबार












प्रतिक्रिया