काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल दलित संघका अध्यक्ष लोकबहादुर विश्वकर्माले पदबाट राजीनामा दिएका छन्।

उनले सोमबार सभापति गगनकुमार थापा समक्ष राजीनामा पेश गरेका हुन्। आफ्नो पारिवारिक तथा स्वास्थ्य समस्याका कारण पदमा रही जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न नसक्ने अवस्थाका कारण राजीनामा दिनुपरेको उनले पत्रमा उल्लेख गरेका छन्।

advertisement

विश्वकर्मालाई शेरबहादुर देउवा ले २०८० साल असोज १३ गते नेपाल दलित संघको केन्द्रीय अध्यक्षमा नियुक्त गरेका थिए।

यसअघि केही दिनअघि मात्रै नेपाल तरुण दल का अध्यक्ष विद्धान गुरुङले पनि सभापति थापासमक्ष राजीनामा बुझाएका थिए।

प्रकाशित मिति: २१ बैशाख २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com