काठमाडौं । स्वास्थ्य, जनसङ्ख्या तथा खानेपानी मन्त्री निशा मेहता र नेपालका लागि बेलायती राजदूत रोब फेनबीच शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ।

भेटमा मन्त्री मेहताले नेपालको स्वास्थ्य प्रणाली सुदृढ बनाउन बेलायत सरकारले पुर्‍याउँदै आएको सहयोगप्रति आभार व्यक्त गर्दै द्विपक्षीय सहकार्यले नेपाल–बेलायत सम्बन्धलाई थप मजबुत बनाएको बताइन्।

advertisement

उनले वर्तमान सरकारले अघि बढाएको सय बुँदे शासकीय सुधार कार्ययोजनामार्फत सुशासन प्रवर्द्धन, पारदर्शिता अभिवृद्धि तथा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्य लिइएको स्पष्ट पारिन्।

त्यसैगरी, खोप तथा प्रतिरक्षणका लागि विश्वव्यापी गठबन्धन, एड्स, क्षयरोग तथा मलेरियाविरुद्धको विश्व कोष, साथै प्रतिजैविक प्रतिरोध नियन्त्रणसम्बन्धी कार्यक्रममार्फत प्राप्त सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा बेलायतसँगको सहकार्य अझ सशक्त र जनकेन्द्रित हुने विश्वास व्यक्त गरिन्।

उक्त अवसरमा राजदूत फेनले नेपालको स्वास्थ्य क्षेत्र सुधारका लागि बेलायत सरकारको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रकाशित मिति: २३ बैशाख २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com