काठमाडौं । चितवनको खैरहनी मा सात वर्षअघि भएको एक मजदुर हत्या प्रकरणका फरार अभियुक्तलाई प्रहरीले बारा बाट पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय चितवन र मातहतका प्रहरी टोलीको संयुक्त अभियानमा हत्या आरोपित पञ्चदेब महरालाई नियन्त्रणमा लिइएको हो।

advertisement

प्रहरीका अनुसार २०७६ साल चैत २३ गते खैरहनी–९ स्थित नेपाल ग्यास उद्योग गण्डकीको कम्पाउण्डभित्र मजदुर ४६ वर्षीय सखिचन महरा मृत अवस्थामा फेला परेका थिए। घटनापछि गरिएको अनुसन्धानबाट सहकर्मी पञ्चदेब महराले हत्या गरेको निष्कर्ष निकालिए पनि उनी फरार थिए।

हत्या लगत्तै अदालतबाट पक्राउ पुर्जी जारी भए पनि अभियुक्त लगातार स्थान परिवर्तन गर्दै लुकेर बस्दै आएका थिए। गोप्य सूचनाको आधारमा प्रहरीले बारा जिल्लाको फेटा गाउँपालिका–१, त्रिवेणी टोलबाट उनलाई जेठ ५ गते पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका महरामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ८ जेष्ठ २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com