- सांकेतिक तस्विर
काठमाडौं । कैलालीको टीकापुरस्थित सशस्त्र प्रहरी बलको तालिम केन्द्रमा आधारभूत तालिम लिइरहेका ८ जना जवान अचानक बेहोस भएका छन् । बेहोस हुनेमा बलबहादुर बस्नेत, गणेश रावत, मनबहादुर बस्नेत, चिनबहादुर थामी, किरननाथ योगी, धिरज थापा, सुरेश शाही र भूपेन्द्र बस्नेत रहेका छन् ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार बेहोस भएका मध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर अवस्थाका जवानहरूलाई हेलिकप्टरमार्फत उद्धार गरी थप उपचारका लागि सुर्खेत पठाइएको उनले जानकारी दिए ।
टीकापुरस्थित सशस्त्र प्रहरीको राजस्व भन्सार तथा औद्योगिक तालिम शिक्षालयमा प्रशिक्षणका क्रममा उनीहरू अचानक बेहोस भएको बताइएको छ । उनीहरू सबै सशस्त्र प्रहरी जवानको आधारभूत तालिममा सहभागी प्रशिक्षार्थी हुन् ।
प्रकाशित मिति: ८ जेष्ठ २०८३, शुक्रबार












प्रतिक्रिया