काठमाडौं । ललितपुर जावलाखेलस्थित डीएभी कलेजका विद्यार्थी आर्यन सिंहले कलेजकाे छतबाट हामफालेर आत्महत्या गरेका छन् ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी गौतम मिश्रका अनुसार कक्षा १२ मा अध्ययनरत १८ वर्षीय आर्यन सिंह सोमबार दिउँसो कलेज परिसरमा गम्भीर अवस्थामा फेला परेका थिए। उनलाई तत्काल उपचारका लागि सुमेरु सिटी अस्पताल पुर्‍याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

advertisement

प्रहरीका अनुसार सिंह काठमाडौं महानगरपालिका–७, चाबहिल निवासी हुन्। घटनास्थलबाट केही हस्तलिखित नोटसमेत फेला परेको र त्यसलाई अनुसन्धानको एक भागका रूपमा अध्ययन भइरहेको प्रहरीले जनाएको छ।

घटनाको कारण, पृष्ठभूमि तथा अन्य सम्बन्धित पक्षबारे विस्तृत अनुसन्धान भइरहेको प्रवक्ता मिश्रले जानकारी दिए। प्रहरीले आवश्यक प्रमाण संकलन गरी घटनाको वास्तविकता पत्ता लगाउने कार्य जारी राखेको जनाएको छ।

प्रकाशित मिति: २ असार २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com