चितवन । प्रधानमन्त्री बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा सहभागी हुन आइतबार बिहान चितवन पुगेका छन्।
महाधिवेशन उद्घाटन कार्यक्रमका लागि चितवन आएका प्रधानमन्त्री शाहसँग उनकी छोरी पनि रहेकी छन्। चितवन विमानस्थलमा पुगेपछि उनलाई पार्टीका नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए।
रास्वपाका वरिष्ठ नेतासमेत रहेका शाह आजदेखि सुरु हुने पार्टीको पहिलो महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ। महाधिवेशनमार्फत पार्टीले आगामी राजनीतिक दिशा, संगठनात्मक संरचना र भावी कार्ययोजनाबारे महत्वपूर्ण निर्णय लिने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: ७ असार २०८३, आइतबार












प्रतिक्रिया