काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूका लागि साउन २९ देखि ३१ गतेसम्म ललितपुरको गोदावरीमा हुने भनिएको प्रशिक्षण कार्यक्रम स्थगित भएको छ।

रास्वपा सहमहामन्त्री निशा डाँगीका अनुसार समय अभावका कारण प्रशिक्षण कार्यक्रम स्थगित गरिएको हो। कार्यक्रममा पार्टीको नीति, संसदमा प्रभावकारी भूमिका लगायतका विषयमा सांसदहरूलाई प्रशिक्षण दिने तयारी थियो।

यसअघि रास्वपाले सांसदहरूका लागि दुई पटक प्रशिक्षण कार्यक्रम आयोजना गरिसकेको छ। २०८२ चैत ३ र ४ गते ललितपुरको होटल टुलिप तथा वैशाख २६ र २७ गते जावलाखेलमा प्रशिक्षण कार्यक्रम गरिएको थियो।

प्रकाशित मिति: २७ श्रावण २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com