काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आगामी भदौ ५ गते शुक्रबार बिहान ११ बजे वनस्थलीस्थित घन्टी घरमा बस्ने भएको छ। पार्टी सभापति रवि लामिछानेको निर्देशनमा बस्न लागेको बैठकमा स्थानीय निर्वाचनको तयारीलगायत विषयमा छलफल हुने जनाइएको छ।
बैठकमा स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोटको रूपरेखा अनुमोदन, ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण तथा विभिन्न पदमा सदस्य तथा पदाधिकारी मनोनयनबारे छलफल हुनेछ। साथै, स्थानीय तहमा उम्मेदवार छनोटसम्बन्धी अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने र ‘स्वतन्त्र’ नामक मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने प्रस्तावसमेत प्रस्तुत हुने बताइएको छ।
प्रकाशित मिति: २ भाद्र २०८३, मंगलबार











प्रतिक्रिया