काठमाडौं । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि नुवाकोट र धादिङमा अहिलेसम्म ७ जनाको शव फेला परेको छ।
बागमती प्रदेश प्रहरी प्रमुख दीपक रेग्मीका अनुसार नुवाकोटको नदी किनारबाट ३ जना र धादिङबाट ४ जनाको शव फेला परेको हो।
बाढीपछि विभिन्न स्थानमा मानिसहरू बेपत्ता भएको सूचना प्राप्त भइरहेकाले खोजी तथा उद्धार कार्यलाई तीव्रता दिइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार फेला परेका शव संकलन गर्ने तथा घाइतेहरूको उद्धार गर्ने काम पनि भइरहेको छ। बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजीका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ।
प्रकाशित मिति: १० भाद्र २०८३, बुधबार











प्रतिक्रिया