काठमाडौं । c भई हाल काठमाडौं महानगरपालिका–१६, बसपार्क क्षेत्रमा बस्दै आएका २४ वर्षीय सरोज लामा रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार लामाले विभिन्न मूल्यमा ‘केटी मिलाइदिन्छु’ भन्दै भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गर्ने गरेको सूचना पाएपछि उनलाई पक्राउ गरिएको हो।

प्रहरीका अनुसार पक्राउ पर्दाका बेला उनी महिलाको जस्तो हुलिया बनाएर हिँडिरहेका थिए। उनलाई नियन्त्रणमा लिएर वेश्यागमनको प्रचारप्रसार गर्न नहुने कसुरमा अनुसन्धान अघि बढाइएको छ।

थप अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।

प्रकाशित मिति: २९ भाद्र २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com