काठमाडौं । रसुवाको टिमुरेमा भदौ १० गते आएको बाढीमा ३३८ वटा ट्रक तथा कन्टेनर बेपत्ता भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। नेपाल ट्रक यातायात व्यवसायी महासंघका अनुसार ती सवारीसाधनसँगै ४४१ जना चालक, सहचालक तथा व्यवसायी सम्पर्कविहीन छन्।
थप विवरण संकलन भइरहेकाले बेपत्ता सवारीसाधन र व्यक्तिको संख्या अझै बढ्न सक्ने महासंघले जनाएको छ। यातायात व्यवस्था विभागले बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको मूल्यांकन गरी क्षतिपूर्तिको आधारसहित प्रतिवेदन तयार गर्न समिति गठन गरेको छ।
प्रकाशित मिति: ८ आश्विन २०८३, बिहिबार












प्रतिक्रिया