काठमाडौं । गत वर्ष फागुन २१ मा भएको निर्वाचनबाट विजयी भएका उम्मेद्वारले शपथ लिएको ६ महिना पूरा भइसकेको छ । चैत १२ मा सांसदको शपथ भएसँगै सुरू भएको प्रतिनिधिसभाको पहिलो बर्खे अधिवेशनसहित राष्ट्रिय सभाको चालु अधिवेशन शुक्रबार मध्यरात १२ बजेदेखि अन्त्य भएको छ ।

गत वैशाख २८ गतेदेखि सुरू भएको यो अधिवेशन १४५ दिन चल्यो । यही अधिवेशनको क्रममा प्रधानमन्त्री बालेन्द्र शाहले दिएको सीमासम्बन्धी अभिव्यक्तिले संसदमा निकै हंगामा सिर्जना गर्‍यो । यो विषय प्रतिपक्षीले पछिल्ला बैठकमा पनि उठाइरहेका थिए ।

यसबाहेक प्रतिनिधिसभामा प्रधानमन्त्री शाह र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको अंकमाल, प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुनुपर्ने, प्रतिनिधिसभा नियमावली २०८३ को संशोधनमाथि निर्णय अघि बढाएपछि जेठ १७ मा प्रतिपक्षी र सत्तापक्षबीच टेबलमै चढेर भएको घम्साघम्सी, आक्रोशित भएर सभामुख आसनतर्फ प्रतिपक्षी पुगेको पनि यो अधिवेशनकै घटना हुन् ।

राष्ट्रपतिले नीति तथा कार्यक्रम पढिरहँदा प्रधानमन्त्री उठेर हिँडेको घटना पनि चर्चाको विषय बनेको थियो ।

तस्बिरमा हेरौँ, शपथ र १४५ दिन चलेको प्रतिनिधिसभाका केही प्रमुख घटनाक्रम :

तस्बिर : नेपाल फोटो लाइब्रेरी अर्काइभ

प्रकाशित मिति: १७ आश्विन २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com